माओवादी लडाकुसँगको भिडन्तमा १७ प्रहरीको मृत्यु



काठमाडौ ९ चैत्र । भारतको छत्तीसगढ राज्यमा प्रहरी र भूमिगत माओबादीबीच शनिबार भएको गोली हानाहानमा १७ जना सुरक्षाकर्मीको मृत्यु भएको छन। छत्तिसगढको दक्षिणी जिल्ला सुक्मामा यस वर्षकै सबैभन्दा ठूलो भनिएको हमलामा १७ जना जवानहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।


सुक्मा जिल्लाको इल्मागुडा गाउँमा शनिबार अपरान्ह भएको भिडन्तमा बेपत्ता भएका जवानहरुको शव आज फेला परेको प्रहरी अधिकारीहरुले जनाएका छन्। गोली हानाहानमा घाइते भएका अन्य १५ जना सुरक्षाकर्मीको छत्तीसगढको राजधानी रायपुरको एक अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्