इँटा उद्योगीसग नमोबुद्ध नगरपालिकाको आग्रह



काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा लामो समयदेखि विवादमा रहेको ईटा उद्योगको विषयले फेरि पनि समस्या निम्त्याएको छ । समस्या समाधानका लागि नगरपालिकाले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।
नगरपालिकालाई वातावरणमैत्री बनाउने अभियान भन्दै नगरपालिकाले ईटा उद्योगलाई विस्थापन गर्ने प्रक्रिया अघि बढाएको थियो । यही अभियान अन्तर्गत वडा नं २ र ३ का इँटा उद्योगीहरुले २०७५ साल पौष २७ गते नगरपालिकासँग गरेको प्रतिबद्धता अनुसार २०७६ भदौ ८ र ९ गते ईटा उद्योगलाई बिस्थापित गरिएको हो । ईटा उद्योगीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नगरपालिकाले पनि विस्थापनको सर्वपक्षीय निर्णय बमोजिम काभ्रे जिल्ला अदालतमा रिट दायर गरेको छ । नगरवासीहरुले स्वच्छ वातावरणमा बाँच्न पाउँ भनी उच्च अदालतमा रिट दायर गरेका छन् । रिटको अन्तिम सुनुवाई भइनसकेकाले गैरकानुनी ढंगले इँटा उद्योग सञ्चालन गरिरहेका छन् ।
नगरपालिकाले अन्तिम सुनुवाई नभएसम्म कुनैपनि काम कारबाही अघि नबढाउन सरोकारवालाहरु समक्ष अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्