महाधिवेशन तयारीबारे छलफल गर्न सोलु कांग्रेसले बोलायो बैठक
सोलुखुम्बु,३० भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा,पालिका,प्रदेश क्षेत्र र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाएको छ।

जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले बुधबार सूचना जारी गर्दै केन्द्रबाट खटिएका निर्वाचन अधिकृत हुतराज कोइरालाको उपस्थितिमा आवश्यक छलफल तथा निर्णय गर्न असोज १ गते बिहीबार बिहान १० बजे वसन्तबजारस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व सदस्य, केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पूर्व जिल्ला सभापति, प्रदेशसभा सदस्य, महाधिवेशन प्रतिनिधि, कोशी प्रदेश कार्यसमितिका सदस्य तथा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।
त्यस्तै, प्रदेश क्षेत्रीय सभापति, पालिका कार्यसमिति सभापति र वडा सभापतिलाई समेत बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।बैठकमा १५औँ महाधिवेशनअन्तर्गतका वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा आवश्यक छलफल गरी निर्णय गरिने कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।


