मुक्तक



मुक्तक १
शम्भु गजुरेल
नुवाकोट
म भोटको हिसाब माग्दै बसें
तिम्रो तस्बिर हेर्दै जाग्दै बसें
तिमी दौडिरहेका छौ यात्रामा
म जड्याहा को सहि थाप्दै बसें ।।
मुक्तक २
नजाने नि पढ्न, गीता बोक्ने गरेको छु
शिवजी लाई चडाउन गाँजा छरेको छु
साँझ मात्दै पिपल बोट्मा सु सु गरे पनि
निधारमा ठाडो टीका लाउने गरेको छु ।।

मुक्तक ३

एउटै रथका दुई पाङ्ग्रा बराबरी हामी
लिङ्ग बाहेक सबैथोकमा सराबरी हामी
गा¥हो साँगुरोअप्ठ्यारोमा तिमी अघि बढ
आदर्श को पाठशालामा बराबरी हामी ।।
मुक्तक ४
सेतो होला काले पनि पाउडर दलेपछी
भट्टी भित्र खोटा सिक्का फ्याट्टै चलेपछी
संसार तृण लाग्दोहोला जवानीको भेलमा
बलेसी नै मुग्लान लाग्ला बैंस ढलेपछी ।।

प्रतिक्रिया दिनुहोस्