देशभर छरिएका सौन्दर्य उद्यमीहरूलाई एकताबद्ध गरिने
काठमाडौँ, १२ फागुन । ब्युटिपार्लर सञ्चालन गर्दै आएका तथा ब्युटिसियन पेशामा आबद्ध व्यक्तिहरूले ‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन गरेका छन्। शनिबार बेलुका काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच संघका नवगठित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी एकेडेमीकी अध्यक्ष सुन्दरी कारँजीत ९सोनी०, उपाध्यक्षमा मनिषा जी।सी। र […]










