रौतहटमा झडपमा संलग्नमध्ये २० जना पक्राउ
काठमाडौं,९ फागुन । रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार (फागुन ९) दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । कर्फ्यु आदेशपछि पनि केही स्थानमा छिटपुट आगजनीको घटना भएको थियो । हाल स्थिति काबुमा रहेको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए । […]










