गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको बामदेबको आरोप
काठमाडौं, ७ फाल्गुन ।नेकपा एकताका लागि अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्रहत्या गर्ने गरी समाचार आएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार एक प्रेस नोट लेख्दै गौतमले भनेका छन्, ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ । केही सञ्चारमाध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ ।’
उनले यस्तो भ्रामक समाचारमा विश्वास नगर्न सबैमा अपिलसमेत गरेका छन् ।

