राजनीतिक स्थायित्व, स्वाधीनता र संबिधानको रक्षाका लागि नयाँ निर्बाचन :उपप्रधानमन्त्री पोखरेल



काठमाडौं,२० माघ ।उपप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जन-निर्बाचित प्रधानमन्त्री र महाधिबेशनबाट चुनिएको पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्बक हटाउने र मुलुकलाई जबर्जस्त अस्थिरताको चक्रब्यूहमा फसाउने प्रयासलाई रोक्नकै लागि सरकारले संसद विघटन गरेर निर्बाचनको घोषणा गरेको बताएका छन।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्पर्क मन्च पुनर्गठन कार्यक्रमलाई प्रमुख अतिथीको आशनबाट काठमाडौंको धुम्बाराहिमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन।

राजनीतिक स्थायित्व, स्वाधीनता र संबिधानको रक्षाका लागि अहिलेको कदम अत्यावश्यक रहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्री ओलीको कदमलाई सफल बनाउन सबैले सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताए। चौथो महाधिवेशन यता १० औं पटक अन्तरबिरोधमा खेल्दै र भत्काउंदै अगाडि बढ्ने आदत रहेको प्रचण्ड र कुण्ठै कुन्ठाको भारी बोकेका माधव नेपालका कारण नेकपामा अहिले संकेटमा परेजस्तो देखिए पनि यसले नेकपालाई खासै असर नगर्ने दाबी गरे।पार्टीको आधिकारिकता र चुनाब चिन्हका बिषयमा अहिले धेरै कौतहलता रहेको बताउँदै उनले भने,- कसैले भ्रममा पर्नु र अत्तालिनुआवश्यक छैन, आधिकारिक पार्टी र चुनाब चिन्ह सूर्य हाम्रै हो।’

कसैले रोइ कराइ गर्दैमा निर्बाचन आयोगले आधिकारिकता प्रदान गर्न नसक्ने दावी गर्दै पोखरेलले महाधिवेशनबाट निर्बाचित भएर आएको पार्टी अध्यक्ष केपी ओली नै भएको बताए । ‘१५ बर्ष पार्टीको मूल नेतृत्व गरे पनि माधव कुमार नेपालले चुनाब लडेर जितेको इतिहास छैन ‘ उनले भने,-‘प्रचण्डले पनि आफुले आफैंलाई अबीर घसेर ३० बर्षसम्म पार्टीको नेतृत्व सम्हाले।’ यहि थितिबाट अध्यक्ष र प्रधानमन्त्री बन्न खोज्दा सफल नभएपछि उहाँहरु प्रतिगमन भन्दै हिंडिरहनुभएको छ तर वहाँहरुको झुटा प्रचारका पछि अब कोहि लाग्नेवाला छैन, पोखरेलले भने।माधव नेपालले १५ बर्षसम्म भाले न पोथीको अवस्थामा पुर्‍याएको पार्टीलाई केपी ओलीले जुरुक्क उठाएर यहांसम्म ल्याएको स्मरण गर्दै
पोखरेलले प्रश्न गरे,- महाधिवेशन गरेर त्यो पार्टीको अध्यक्ष बन्न र चुनाब जितेर प्रधानमन्त्री बन्न वहाँहरु लाई कसले रोक्यो ?

पाँच बर्षका लागि जनताले दिएको अभिमतबिरुद्ध कृयाशील भएर
अस्थिरताको सिलसिला पार्टीभित्रैबाट सुरु भएपछि जनताका बीचमा जाने सरकारको घोषणा प्रतिगमनकारी र जनताका बीचमै नगइ प्रधानमन्त्री बन्न खोज्नेहरु अग्रगामी हुने आश्चर्यजनक तर्क भैरहेको बताउंदै उनले यस्तो तर्क गर्नेहरूलाई पराजित गर्नका लागि सशक्त भूमिका खेल्न सोलुखुम्बुबासीहरुलाइ आग्रह गरे।

कार्यक्रममा बिशिस्ट अतिथि पार्टी केन्द्रीय सदस्य लिलाबहादुर थापामगर,प्रदेश नं १ सम्पर्क समन्वय कमिटीका इन्चार्ज किशोर अधिकारी, केन्द्रीय सदस्य एबम् प्रदेश १ संसदीय दलका नेता बुद्धिकुमार राजभण्डारी, केन्द्रीय सदस्य मानबहादुर राई, उत्तम बस्नेत ,प्रदेश कमिटी सदस्य महेश किराँती,जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,नेपाल उद्योग तथा ब्यबसायी महासंघ केन्द्रीय सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठ र माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर लगायतले मुलुकको बिकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि नेकपाको ओली समूहलाई सशक्त ढंगले अगाडि बढाउनुको विकल्प नरहेको धारणा राखेका थिए।

सम्पर्क मन्चका पूर्ब अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिब आङबाबु राइले गरेका थिए।कार्यक्रममा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ सय ५ सदस्यीय सोलुखुम्बु-काठमाडौ सम्पर्क मन्चको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्