नेकपा सोलु-काठमाडौं सम्पर्क मन्चको बृहत भेला भोलि, सम्पर्क मन्च पुनर्गठन गरिने



 

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सोलु-काठमाडौ सम्पर्क मञ्चले राजधानीमा बृहत कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा मंगलबार हुने सो भेलाले सम्पर्क मन्चको पुनर्गठन समेत गर्ने बताइएको छ। काठमाडौंको धुम्बराहीस्थित स्काई जोन पार्टी प्यालेसमा आयोजना हुने सो भेलालाई प्रदेश नं १ सम्पर्क समन्वय कमिटीका इन्चार्ज किशोर अधिकारी, प्रदेश सम्पर्क समन्वय कमिटीका अध्यक्ष इन्द्र भण्डारीले पनि सम्बोधन गर्ने बताइएको छ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सोलुखुम्बुले राजधानीमा आयोजना गर्न लागेको यो पहिलो भेला हो।जिल्लामा भने गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा गत माघ ५ गते अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो।

भेलाले नेचासल्यान गाउँपालिकाका निर्बाचित अध्यक्ष डुफकुमार बास्तोलालाई जिल्ला कमिटी अध्यक्ष र माप्य दुधकोशी गाउँपालिकामा तत्कालीन माओबादी केन्द्रबाट अध्यक्षका प्रत्याशी आशकुमार खालिङ् ‘शिशिर’लाइ सचिबमा अनुमोदन गरेको थियो।

जिल्ला कमिटीका प्रस्तावित अध्यक्ष र सचिवसहित केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका अन्य नेताहरुसमेत भेलामा सहभागी हुने सम्पर्क मन्चका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए।उनले भोलि ११ बजेबाट सुरु हुने सो कार्यक्रममा सहभागी हुन पार्टी सम्बद्ध सबैजनालाइ अपिल समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्