सोलुदुधकुण्ड नगरपालिका : १ सय ७३ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
सोलुखुम्बु,१५ माघ । सोलुदूधकुण्ड नगरपालिका–७ गार्मा तोजिङमा भएको नेपाली काँग्रेसको कार्यक्रमा १ सय ७३ नेकपा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै नेपाली काँग्रेस सोलखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पालेबुधबार वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कम्युनिष्ट सरकार जनताप्रति जिम्मेवार बन्न नसकेको भ्रष्टाचारीलाई संरक्षण गरेकाे भन्दै कम्युनिष्ट सरकारलाई जनताले कुनै हालतमा पनि विश्वास नगर्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेस जिल्ला सचिव एवम् निर्वाचन क्षेत्र प्रदेश क सभापति धनजन राईले काँग्रेसलाई सुद्दिकरणका साथै सुदृढिकरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम मा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले संविधान, संघीयता, गणतन्त्र र देश खतरामा रहेको भन्दै नेकपा सरकारले अस्थिरता उत्पन्न गराई प्रतिगमनको दिशामा अघि बढेको आरोप लगाउनुभयो ।
उक्त कार्यक्रममा नपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् सुचना संचार एवम् प्रचार विभाग प्रमुख नविन थापा, साेलुदुधकुण्ड नगरपालिकाका काँग्रेस सभापति दावागेलु पाख्रीन, थुलुङदुधकाेसि गाउपालिकाका सभापति महेन्द्र दिप राई, पूर्व महाधिवेशन प्रतिनिधि धर्मपुजन सुनुवारकाँग्रेस नेताहरु धर्म नेपाली, साेनाम ग्याल्जेन शेर्पा, शारदामाया तामाङ, गान्धीमाया तामाङ, छोङ्बा लामा शेर्पा लगायत जिल्लास्तरीय नेता, कार्यकर्ता,उपस्थिति रहेको थियो । कार्यक्रम साेलुदुधकुण्ड नगरपालिका ७ का सभापति सम्भु कार्किकाे सभापतित्वमा सम्पन्न भएकाे जानकारी सुचना, संचार एवम् प्रचार संयाेजक नविन थापाले दिनुभयाे ।



