निर्बाचन आयोगले दिएन नेकपाका कुनै पनि समूहलाई मान्यता
काठमाडौं, १२ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहेने निर्णय गरेको हो ।

“साबिकको निर्णयलाई कायम गर्ने निर्णय भएको छ । पछिल्लो चरणमा भएको परिवर्तन हेरफेरलाई आयोगले मानेन । केपी ओलीलाई कारबाही गरेको पनि आयोगले मानेन ।

