महाकुलुङ : धमाधम वडा र विद्यालयका नयाँ भवन बन्दै



होमनाथ खत्री

सोलुखुम्बु , ११ माघ।सोलुखुम्बु महाकुुलुङ गाउँपालिका वडा नम्बर ४ मा सडक पहुँच पुगेसँगै वडा कार्यालयको भवनले पुर्णता पाउने भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को कुल एक करोड बराबरको लगानीमा वडा कार्यालयको भवन बन्न लागेको वडा नम्बर ४ का वडाध्यक्ष जयकुवीर कुलुङले जानकारी दिनुभयो । वडा कार्यालयको ४० लाख र जिल्ला सम्मन्वय समितिको ६० लाख रकम लागतमा रहेको भवनको केहीदिनमा ठेक्का आह्रान गरिने वडा वडाध्याक्ष कुलुङले बताउनुभयो ।

यस्तै गुँदेल माद्यामिक विद्यालयको २ ओटा चार कोठे भवन दुई आर्थिक वर्षको १ करोड ४४ लाख रुपैँया बराबरको लागतमा साथै बासुकी आधारभूत विद्यालयको एक ओटा ४ कोठे भवन भवन ७२ लाख ५० हजार बराबरको लगानीमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्