प्रशासनलाई नेबिसंघ सोलुको ५ बुँदे ध्यानाकर्षण पत्र

केदार बस्नेत

सोलुखुम्बु,२१ पुस।नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ सोलुखुम्बुले ज प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीसमक्ष ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबु थापाद्वारा हस्ताक्षरित उक्त पत्रमा लकडाउन पछि सन्चालनमा आएका विद्यालयहरुमा स्वास्थ्य मन्त्रालयले तोकेको न्युनतम मापदण्ड पूरा नगरिएको ध्यानाकर्षण गरांउदै तत्काल मापदण्ड पूरा गराउन माग गरिएको छ।यस्तै राज्य र विद्यार्थी संगठनहरुबीच भएको समझदारी अनुसार सोलुखुम्बु जिल्लामा पनि सबै खाले सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ४५% छुटको व्यवस्था सोलुखुम्बु पनि मिलाउन आग्रह गरिएको छ। प्रशासनलाई नेबिसंघले आग्रह गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ शाहीले नेबिसंघका मागहरूप्रति आफू गम्भीर भएको बताउंदै सम्बन्धित पक्षसंग छ्लफल गर्ने आश्वासन दिएको अध्यक्ष थापाले जानकारी दिए।


