पदाधिकारी थप्ने गृहकार्यमा प्रचन्ड- नेपाल समूह



काठमाडौँ,१९ पुस। विभाजित नेकपा (दाहाल–नेपाल) पक्षले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको छ । आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि कार्यदल गठन गरेको हो ।

कार्यदललाई एक हप्ताको समयसीमा दिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । नेपालको संयोजकत्त्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।
आइतबारको स्याथी कमिटी बैठक नेपालको अध्यक्षतामा बसेको थियो । स्थायी कमिटीको बैठक सोमबार पनि बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्