कांग्रेसले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने



काठमाडौ, २० मंसिर ।प्रमुख विपक्षी द्ल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्नेभएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रवार बसेको वर्तमान तथा पूर्व पदाधिकारीहरूको बैठकले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकले तत्काल संसद बैठक बोलाउनु पर्ने निष्कर्षसमेत निकालेको छ।

वर्तमान कम्युनिस्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको समेत कांग्रेस बैठकको ठहर छ।

‘राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको भन्दै कांग्रेसले अविलम्ब बैठक बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय कांग्रेसले गरेको हो।

प्रतिक्रिया दिनुहोस्