द्वन्द्वकालका घाइतेहरुको नि:शुल्क उपचार हुने

काठमाडौं,१५ मंसिर । सरकारले द्वन्द्वकालको समयमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन् ।
आन्दोलनहरुमा घाइते भइ उपचार गराउनु पर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने भएको हो ।
यस्तै बैठकले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने पनि निर्णय गरेको छ । त्यस्तै उक्त बैठकले जिल्ला समन्वय समितिको महासंघको भवन निर्माण गर्नका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

