पार्टी एकता जीबन्त राख्ने आधार समाप्त !



काठमाडौंं,२९ कार्तिक। पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले पार्टी एकता जीवन्त राख्ने आधार समाप्त गरेको टीप्पणी गरेका छन् ।

शनिवार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।

उनले अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखिएको बताएका हुन् । उनले प्रश्न गर्दै भने – ‘फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो!’

प्रतिक्रिया दिनुहोस्