महरापत्नी सीताको निधनप्रती प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त

काठमाडौं, १९ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ट्वीटमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवम् पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुख्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

