रहेनन् तत्कालीन राजदरबारका प्रमुखसचिब खनाल

काठमाडौ, १२ कार्तिक ।तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

एक दर्जन पुस्तकका लेखक खनाल राज परिषदको सदस्य, बिश्व हिन्दु महासंघ नेपाल राष्टिय समितिका उपाध्यक्ष , भागवत धर्म सेवा संघका अध्यक्ष , संस्कृत सेवा परिषद्को संस्थापक अध्यक्ष र खनाल बंश सेवा समाजको अध्यक्ष रहेर काम गरेका थिए।
कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको काठमाडौ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो।
मधुमेह र दमका बिरामी रहेका खनाल घरमै उपचाररत थिए। मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्। खनालका दुई छोरा र एक छोरी छन।

