पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकलाई पाकिस्तानी राजदूत खानको रात्रिभोज



काठमाडौं,३० कार्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक मिस्बाह उल हकलाई काठमाडौंमा रात्रिभोजसहित स्वागत गरेका छन्।

राजदूत खानले गत साँझ आयोजना गरेको रात्रिभोजमा मिस्बाह सहभागी भएका थिए।

पाकिस्तान क्रिकेटका सफल खेलाडीमध्ये एक मिस्बाहको नेतृत्वमा पाकिस्तानले सन् २०१२ को एसिया कपको उपाधि जितेको थियो। उनकै कप्तानीमा पाकिस्तानको टेस्ट टोली सन् २०१६ मा आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा समेत पुगेको थियो।

क्रिकेटले नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा मित्रतालाई थप मजबुत बनाउने साझा माध्यमका रूपमा भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्