सिन्डिकेट सञ्चालन गरेको आरोपमा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्का पक्राउ
काठमाडौं,२९ असोज । मलेसिया जाने नेपाली कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा कैलाश खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो । उनी मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक हुन् ।

सीआईबीका एक अधिकारीका अनुसार मलेसियामा रोजगारीका लागि जाने कामदारमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी रकम असुलिएको विषयमा खड्कामाथि अनुसन्धान भइरहेको थियो । खड्काको समूहले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै कामदारको स्वास्थ्य परीक्षण गराउने गरिएको आरोप छ । उनी स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष तथा वैदेशिक रोजगार बोर्डका सदस्यसमेत हुन् ।
यसअघि पनि मलेसिया जाने कामदारसँग सम्बन्धित भिएलएन, वान स्टप सेन्टर र जिएसजीजस्ता संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।


