राठौर र खड्गीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस सभापतिमा गगन सर्वसम्मत



काठमाडौं,२१ असोज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा सर्वसम्मत भएका छन्।

सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले बुधबार उम्मेदवारी फिर्ता लिएसँगै गगन सर्वसम्मत सभापति भएका हुन्।

राठाैर र खड्गीले पार्टीको १५ओै महाधिवेशनबाट सभापति बन्न उम्मेदवारी दिएका थिए ।उनी सर्वसम्मत भएको घोषणा भने निर्वाचन समितिले गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्