गुटेरेसले भने-‘संयुक्त राष्ट्रसंघ पाकिस्तानका जनताको साथमा छ’



काठमाडौं, २१ असोज। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्स (X) मा सन्देश जारी गर्दै पाकिस्तानका जनताको दृढता र उज्ज्वल भविष्य निर्माण गर्ने संकल्पको प्रशंसा गरेका छन्।

उनीहरूको संकल्प आफूलाई सधैँ उल्लेखनीय लागेको उल्लेख गरेका छन्।
‘मेरो सन्देश सरल छ—संयुक्त राष्ट्रसंघ पाकिस्तानका जनताको साथमा छ,’ गुटेरेसले एक्समा लेखेका छन्।

गुटेरेसले दुई दशकभन्दा बढी समयदेखि विभिन्न भूमिकामा रहेर आफूले पाकिस्तानलाई ऐक्यबद्धता र समाधानको स्रोतका रूपमा देख्दै आएको बताएका छन्। उनले विश्वका लागि उभिएको भन्दै पाकिस्तानी जनतालाई धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्