२६ पदका लागि कांग्रेसमा ५० जनाको उम्मेदवारी, कस्ले कुन पदका लागि गराए मनोनयन दर्ता ?



काठमाडौं,२० असोज  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २६ पदका लागि ५० जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्बाचन कार्यतालिका अनुसार उम्मेदवारि दर्ता गरिसक्नुपर्ने समयसीमा भित्र मंगलबार सभापतिमा ३, वरिष्ठ उपसभापतिमा १, उपसभापतिमा १५, महामन्त्रीमा ११ र सहमहामन्त्रीमा २० जना गरी ५० जनाले उम्मेदवारी दर्ता गराएको निर्बाचन समितिले जनाएको छ ।

समितिले जनाए अनुसार सभापति पदमा किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी परेको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले मात्रै उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपसभापति पदमा जीवन परियार, फरमुल्लाह मन्सुर, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, मधुप्रसाद आचार्य, डा. मीनेन्द्र रिजाल, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, विनोद चौधरी, दीपक गिरी, गोविन्द भट्टराई, रञ्जित कर्ण, पुष्पा भुसाल, सीता गुरुङ र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।

महामन्त्री पदमा प्रदीप पौडेल, रीता खनाल, शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, डिला संग्रौला, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा, डा. सन्तोष उपाध्याय र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बनेका छन्।

यसैगरी सहमहामन्त्री पदमा नानु बास्तोला, प्रतिमा गौतम, देवेन्द्रराज कँडेल, रामहरि खतिवडा, डिल्लीराम सुवेदी, जीवनबहादुर शाही, मीन भाम, मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी, जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा, तेजुलाल चौधरी, योगेन्द्र चौधरी, आङ्गेलु शेर्पा, अब्दुल सत्तार, अभिषेकप्रताप शाह, लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानवबहादुर नेपाली र नरेन्द्र पासवानको उम्मेदवारी परेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्