सोलु कांग्रेस : खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा कस्ले कति ल्याए मत ?



सोलुखुम्बु,१५ असोज । नेपाली कांग्रेस सोलुखुम्बु अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आङ गेलु शेर्पा सर्वाधिक मतसहित निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न निर्बाचनको आज सम्पन्न मतपरिणाम अनुसार खुला समूह तर्फ शेर्पाले ६५० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। त्यस्तै प्रकाश सिंह कार्की ६४५ मतसहित दोस्रो, नाम्गेल जाङ्बु शेर्पा ६०५ मतसहित तेस्रो र विनोदकुमार बस्नेत ५०५ मतसहित चौथो स्थानमा निर्वाचित भएका छन्।

सर्बाधिक बढी मत ल्याउने शेर्पा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन्। दोश्रो मत ल्याउने कार्की प्रतिनिधि सभा सदस्य र तेस्रो मत ल्याउने शेर्पा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति एबम् सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख छन्।यसैगरी चौथो मत ल्याउने बस्नेत कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्ब सभापति हुन्।

यस्तै,महाधिवेशन प्रतिनिधिमा निर्बाचित सोनाम ग्याल्जेन शेर्पाले ४७७, खिलाराज बस्नेतले ४३५, चोलेन्द्रबहादुर कार्कीले ४०२,कुशराज राईले ३८५, युवराज घिमिरेले ३६२ र शुभराम बस्नेतले ३५१ मत ल्याएका छन्।

खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिका लागी २७ जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्