ललितपुरको धापाखेलमा ढल्यो साढे दुई तले घर



ललितपुर,१२ असोज । ललितपुरमा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान महानगरपालिकाको धापाखेलमा साढे दुई तले घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने भएको छैन । अविरल वर्षाका कारण जमिन गलेर घर ढलेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्