पहिरोमा परि पाल्पामा दुई जनाको मृत्यु, तीन जना बेपत्ता
काठमाडौ,११ असोज । अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पाल्पाको माथागढी-२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
ठिमुरेमा पहिरो गई घर पुरिँदा बेपत्ता भएकी सारुलाई खोजतलासका क्रममा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
यसैगरी,म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो ।
घरमा २ जना रहेको र उनीहरू सम्पर्कमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मानवीय क्षति यकिन नभएको प्रशासनको भनाई छ ।




