अविरल वर्षाका कारण प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध (हेर्नुस् सूची)



काठमाडौँ,११ असोज । अविरल वर्षा,बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध भएका छन्।

तथ्याङ्क अनुसार ललितपुरको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ३ को भट्टेडाँडा, पाङदुर र टाकुर्चमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै खोटाङको हलेसीतुवाचुङ नपा-१ कदुवा (मध्य पहाडी सडक), पाँचथरको तुम्बेवा गा.पा.-२ नावाखोला (तमोर-कोरिडोर) र याङवरक गा.पा.-२ दोभाने खोलामा (मध्यपहाडी लोकमार्ग) बाढी तथा पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प छ।

यसैगरी सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुर र काभ्रे जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा बाढी पहिरोको उच्च जोखिम तथा सम्भावित क्षति रोकथामका लागि निश्चित समय (विशेषगरी रातिको समयमा) सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्