सोलुखुम्बुसहित कोशी प्रदेशका पाँच जिल्लामा सडक सडक अवरुद्ध
काठमाडौं,९ असोज । कोशी प्रदेशका सोलुखुम्बु, पाँचथर, भोजपुर, इलाम र ओखलढुंगामा सडक अवरुद्ध भएका छन्। सोलुखुम्बुको सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीद्वारा ३ बजे सार्बजनिक विवरण अनुसार अनुसार ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।पाँचथरको तमोर–कोरिडोर र भोजपुरको मध्यपहाडी लोकमार्गलगायत सडक पनि अवरुद्ध छन्।
इलाममा मेची राजमार्ग र मेची करिडोरलगायत जिल्लाका सम्पूर्ण राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।
अविरल वर्षा, बाढी, पहिरो तथा सम्भावित जोखिमका कारण देशका विभिन्न १८ जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय स्थानमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
दसैँका अवसरमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका यात्रु प्रभावित भएका छन्।
फोटो : सामाजिक सञ्जाल


