खुम्बु पासाङल्हामु : बुप्सामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु , १ कार्तिक ।कोङ्दे युवा क्लब खुम्बुपासासाङ ल्हामु गाउँपालिका वडा नं १ बुप्सामा खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
बिजय दशमी २०७६ को अवसरमा अवसरमा साबिकको जुविङ गाबिस र माप्यदुधकोशी गाउँपालिका वडा नं १ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मा फ्युचर यूथ क्लब खरिखोला प्रथम ,बाताबरण समूह द्वितीय र
कोङ्दे युथ क्लबले तेस्रो स्थान हांसिल गरेका छन।प्रतियोगितामा मातृभुमि समुह बुप्साले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।


पुरस्कृत हुने समूहले मेडल र प्रमाणपत्रका साथमा क्रमश: १५ हजार, १२ हजार , ८ हजार र सान्त्वनाले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरेको कोङ्दे युवा क्लब बुप्साका सदस्य लाक्पा गेल्जेन शेर्पाले जानकारी दिए ।
सो अवसरमा प्रतियोगिता मैत्रीपुर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै क्लबका अध्यक्ष आङ छोम्बी शेर्पाले सहभागी सबैलाई धन्यवाद दिए ।

