सरकारका जनबिरोधी कामबिरुद्द नेपाली कांग्रेस (बीपी) ले देशब्यापी आन्दोलन गर्ने

काठमाडौं, । नेपाली काँग्रेस (वीपी) केन्द्रीय कार्यसमितिले सरकारविरुद्ध मैनबत्ती जुलुस र विरोधसभाको आयोजना गरेको छ ।
माइतीघर मण्डलामा शुक्रबार आयोजित बिरोधसभामा नेपाली काँग्रेस (वी पी)का केन्द्रिय कार्यलय सचिब सुशीलराज वाग्लेले संविधानमा भएको धर्म निरपेक्षता, संघियता र गणतन्त्र आयातित भएको भन्दै चाडवाडपछि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका थिए।

आफूहरुले सरकार विरुद्धविरोध गर्नुको १५ बुँदे कारण समेत प्रस्तुत गर्दै नेपाली काँग्रैस बीपीले सरकारका जनविरोधी क्रियाकलाप तथा भ्रष्टाचार र प्रमुख प्रतिपक्ष दलको मौनताको समेत विरोध गरेको जनाएको छ ।

उनीहरुले मुलुकमा भएका बलात्कार तथा हत्याका श्रृखंलाको अन्त्य गरी बलात्कारीलाई हुँदैसम्मको कारबाही गर्नुपर्ने, सीमा विवादको समस्या हल गर्नुपर्ने, डा गोविन्द केसीसँग सरकारले १९ औं अनसन तोड्ने क्रममा गरेका सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, ९ वर्षदेखि अनसनरत गंगामायालाई न्याय दिनुपर्ने लगायतका विभिन्न कामहरु राख्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

