जन आस्थाका सम्पादक श्रेष्ठ पक्राउ,वैयक्तिक गोपनियता भंग गरेको आरोप



काठमाडौँ,२७ साउन । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यस अघि श्रेष्ट सम्पादनक रहेको जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो भने रास्वपा सांसद ज्वाला संग्रौलाका श्रीमान हिमाल उपाध्यायको एउटा भिडियो सार्वजनिक भएको थियो ।

उक्त समाचारमा नाम जोडिएकी युवती र संग्रौलाको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्