सोलुखुम्बुमा आगलागीबाट पाँच बर्षमा १६ करोड बढीको क्षति


आगलागीका अधिकांश घटना विद्युत् सर्टका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार जिल्लामा भएका केही घटना भने मानवीय लापरबाहीका कारण भएको पाइएको छ ।
विद्युत् प्रणालीको नियमित जाँच, सुरक्षित जडान र आगोको प्रयोगमा सावधानी अपनाउन सके आगलागीबाट हुने धन आगलागी भएको स्थानमा समयमै दमकल, प्रहरी, स्थानीय उद्धारकर्मी र समुदायको सहयोग पुग्न सके क्षति न्यूनीकरण गर्न सकिने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।
दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा उद्धार तथा अग्नि नियन्त्रणका साधन तत्काल पुग्न कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरको भनाइ छ ।


