नेचासल्यान : गणेशस्थान माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन
सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ५ गैरीस्थित गणेस्थान माविमा प्रारम्भिक कमिटी गठन गरेको अनेरास्ववियुले जनाएको छ।

अनेरास्ववियु ११ औं जिल्ला सम्मेलन आयोजक समितिका आर्थिक बिभाग प्रमुख समेत रहेका नेचासल्यान गाउँपालिका इन्चार्ज सरोज भट्टराईका अनुसार प्रारम्भिक कमिटी अध्यक्षमा कमल राई चयन भएका छन् ।
७७ सदस्यीय प्रारम्भिक कमिटीअन्तर्गत देवीका श्रेष्ठको संयोजकत्वमा (५ सदस्यीय साँस्कृतिक समिति र प्रदिप श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय खेलकुद समिति पनि गठन गरिएको उनले बताए ।
अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा नेचासल्यान भुगोल अध्यक्ष पुण्यप्रसाद कटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य फडिन्द्र खड्का र युवा संघ जिल्ला सदस्य तथा नेचा सल्यान ईन्चार्ज रोशन कटेलको समेत उपस्थिति रहेको थियो।

