नागरिकहरुको गुनासो सुन्न सांसद केसीद्वारा सम्पर्क कार्यालयको स्थापना



केदार बस्नेत,काठमाडौं । प्रतिनिधि सभा सदस्य रीना उप्रेती केसीले सोलुखुम्बुको जनताको गुनासो सुनुवाइको लागी सम्पर्क कार्यालय स्थापना गर्नुभएको।

उक्त सम्पर्क कार्यालय एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य छिन्डील्हमु शेर्पा तथा प्रतिनिधि सभा सदस्य माननीय रीना उप्रेती केसीले संयुक्त रुपमा उद्वाट्न गर्नुभएको हो।सम्पर्क कार्यालय सोलु दुधकुण्ड नगरपालिका ५ सल्लेरीमा रहेको छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री बलबहादुर केसी जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला,नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सचिव युवराज घिमिरे नेपाली कांग्रेस प्रदेश सभा (क)का सभापति तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई,महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङ,उपाध्यक्ष विपना कुलुङ यस्तै सोताङ गाउँपालिकाका उपाध्यक्ष अञ्जु नाछिरिङ समन्वय समिति सदस्य सीता थापा तथा सोमराज केसी यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ का अध्यक्ष महेन्द्रदीप राई नेपाली काग्रेंसका नेत्री द्वय एकाकुमारी कार्की बस्नेत तथा टंकीमाया बस्नेत नेताहरु अश्विनबाबू थापा,भोगेन्द्र खनाल,राजिव कायस्थ तथा कृष्ण निरौला यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य भानुभक्त निरौला लगायतको उपस्थिति रहेको थियो।

सांसद केसीले जिल्लाको समग्र विकास निर्माण,नागरिकहरुको गुनासो सुनुवाइको लागी उक्त सम्पर्क कार्यालय स्थापना गरिएको रहस्य खबरलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्