गजल

* चित्रमान तामाङ
स्वार्थी भयौ र मर्नु अगाडि चिहान खन्दैछ
सूर्य अस्ताउने देख्छु सधै बिहान भन्दैछ ।
मिठो सपना कल्पना भित्रै सजाइ उड्नेले
असिमित आकांक्षा भित्र्याइ समय गन्दैछ ।
दिनमा काम गर्ने रातमा सुत्न नपाउने
श्रमिकमाथि शोषण गरी शोषक बन्दैछ ।
पानी किनेर खाने जमाना देख्यो प्रकृतिले
मुहान सुक्दैछ मान्छेलाई भने आनन्दै छ ।
एउटा दिल ढाल्न अर्काको दिल पासो थापि
आय आर्जन गर्नेको दुई नम्बरी धन्दै छ ।

संखुवासभा
हाल-काठमाडौ

