लघुकथा



अम्बिका अधिकारी
विनाेद पढे लेखेका विद्वान व्यक्ति थिए । अन्यायमा परेकालाई न्याय दिनु र दुःखमा परेकालाई साथ दिनु उनकाे उद्धेश्य थियाे ।
एकदिन विनाेदलाई बाेलाएर लाउरेबाले भने-‘बाबु अब मेराे मिति पुग्न लाग्याे, तिमीलाई थाहा छँदैछ म डाँडा माथिकाे घाम भैसकें मेरा छाेराछाेरी काेही छैनन्। भाेलि यी सबै कागजहरु गाउँले प्रमुखलाई जिम्मा दिनु पर्याे ।’
तर केका कागज अनि गाउँले प्रमुखलाई नै किन ? बिनोदले प्रश्न गर्‍यो ।
बाबु लामो कहानी छ। त्यही कुरा भन्न तिमीलाई मैले बाेलाएकाे ।
लाउरे बाका कुरा सुनेर विनाेद छक्क परे।भोली गाउँमा मैंले भेला राखेकाे छु ।अब चिन्ता नगर्नुहाेस् म जे भन्छु त्याे गर्नुस् । त्यस्ता ठगहरुलाई कसरी तह लाउनु पर्छ मेराे जिम्मा भयाे ।
जे छ सबै कागज लिएर भाेलि चौतारामा अाउनु हाेला। जे गर्छ समाजले गर्छ । कसैकाे सम्पति माथि अरुकाे हक हुन्छ याे कुनै कानुनमा लेखेकाे छैन।लाउरे बालाई सम्झाएर बिनाेद घरतिर लागे
भाेलिपल्टकाे भेला केका लागि हो भनेर सबैकाे मनमा कौतुहल मच्चिरहेकाे हाेला ।म ढिलाे नगरी तपाईहरुलाई सबै कुरा छर्लङ्ग हुने गरी भन्छु ।।
भेला हामीले देशमा भएका बाढी र पहिराेमा परेर पिडित भएकाहरुलाई राहत उठाउनु पर्याे भनेर छलफल गर्न बाेलाएकाे हाे । काेही हुनुहुन्छ भने हात उठाउनु हाेला ।त्याे भीडबाट एकजनाकाे हात उठेकाे देखियाे ।जाे एकजना वृद्धबुबा हुनुहुन्थ्याे । गाउँलेकाे नजरमा उहाँसँग सम्पतिकाे नाममा केही छैन र साथमा काेही पनि छैन ।एक्लाे जीवन काटिरहनु भएकाे थियाे ।सबैले मुखामुख गरे ।सबैमा खलबली मच्चियाे। सधै गाउँले प्रमुखकाेमा हलाे र काेदालाे गरेर जीवन काटिरहने मान्छे ।विनाेदले पनि थाह नपाएजसाे गरेर भने बा तपाई उठ्नाेस् त ।लौराे टेकेर उठ्नुभयाे बा !! गाउले प्रमुख पनि छक्क परे।
किन उठे यी बुढा ?
विनाेद -बा तपाईसँग के छ यस्ताे चिज जसले उनीहरुकाे दुःखमा सहयाेग हुनसक्ने ।
बा- बाबु हुन त देख्दा मसँग केही छैन दिनलाई। डाँडा माथिकाे घाम भैसंके न मेरा छाेराछाेरी छन् नअरु काेही । यी कागजपत्र छन् सभामा हस्तान्तरण गर्न चाहन्छु । त्यो कालो कर्तुत गाउँलेले थाहा पाए पछि त्यो सम्पत्ति सबै फिर्ता गरेर ती प्रमुखलाई गाउँबाटै निकाला गरिदिए। विनोदको सहयोगमा लाहुरेबाले ठुलो मन गरेर गरिबलाई दिए त्यो गुमेको धन ।लाहुरे बाको पनि त्यही मृत्युभयाे ।

प्रतिक्रिया दिनुहोस्