शपथ लिएलगत्तै प्रधानन्यायाधीश डा.शर्माले सर्बोच्च पुगेर गरे पदभार ग्रहण
काठमाडौं,४ जेठ । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले
पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । शर्मालाई राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो ।
मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।
समितिले प्रधानन्यायाधीशका लागि उनको नाम अनुमोदन गर्ने निर्णय भएको बारे राष्ट्रपतिलाई लिखित जानकारी गराएपछि उनले शर्मालाई नियुक्त गरेका थिए ।

