लिखुपिकेमा सम्पन्न गरी सोलुदुधकुण्डमा सुरु गर्यो सोलु एमालेले चुनावी प्रचार अभियान
सोलुखुम्बु ,२५ माघ । नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा निर्वाचन प्रचार प्रसार अभियानको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।

लिखुपिके गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा अभियानको पहिलो दिन माघ २४ गते र अभियानको दोस्रो दिन माघ २५ गते वडा नम्बर ४ र ५ मा अभियान सम्पन्न गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
लिखुपिकेमा समग्रमा कार्यक्रम उत्साहजनक रहेको र मतदाताहरु सकारात्मक रहेको प्रतिक्रिया प्राप्त भएको नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले बताउनुभयो ।
त्यस क्षेत्रमा गर्नुपर्ने अन्य कार्यक्रमहरु गाउँपालिका कमिटि र वडा कमिटिलाई जिम्मेवारी प्रदान गरि अन्य निर्वाचन क्षेत्रमा कार्यक्रमलाई निरन्तरता दिनका लागि निर्वाचन टोली फर्किएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।
लिखुपिकेमा कार्यक्रम सम्पन्न पश्चात सो क्षेत्रका स्थानीयहरु उत्साहित भएको बताउँदै मतदान गरी नेकपा एमालेको उमेद्धारलाई विजयी गराउने प्रतिबद्धता व्यत्त गरेका छन ।
लिखुपिकेमा कार्यक्रम पश्चात प्रचार प्रसार टोली सोलुदुधकुण्ड नगरपालिका प्रवेश गरी वडा नम्बर २ जुनबेसीमा कार्यक्रम सम्पन्न गरेको अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार भोेलि बाँकी स्थानका लागि तय गरीएको कार्यक्रमहरुलाई निरन्तरता दिने कार्यक्रम रहेको छ ।

