सर्बोच्च जाने तयारीबाट पछि हटे कांग्रेसका निबर्तमान सांसद
काठमाडौँ,१५ माघ । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन दबाब दिने उद्देश्यले सर्बोच्च जाने तयारीमा रहेका कांग्रेसका निबर्तमान सांसदहरु अन्ततः पछि हटेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद् पुनःस्थापनाको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने उद्देश्यले आज सर्वोच्च जाने तयारीमा रहेका उनीहरू अन्तिम समयमा आएर रोकिएका हुन्। विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार यसका अघि भेटका लागि प्रधानन्यायाधीश राउतसगं बिहीबार बिहान ११ बजेका लागि समय समेत लिइसकिएको थियो।निर्वाचनको समयमा पुनस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले यो कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।
बिघठित प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै दायर १७ वटा रिट सर्बोच्चमा बिचाराधिन छन् ।ती रिटमा निवेदकलाई माघ २० गतेको साधारण तारिख दिइएको छ ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारकि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस अनुरुप राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए । संसद् विघटनपछि कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनावको घोषणा गरेको थियो ।

