बालेन साह नेपालगञ्जमा, समर्थकहरुको भब्य स्वागत
काठमाडौँ,१२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारको सिलसिलामा नेपालगञ्ज पुगेका छन् ।
सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूको उल्लेख्य भीड लागेको छ ।

एयरपोर्टबाट रुफटप कारमा निस्किएका बालेनसँग सेल्फी खिच्ने र उनलाई हेर्न छतछतमा स्थानीय देखिएका छन् । सचिवालयका अनुसार, उनी कैलाली,बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका छ ।
रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।
यसका लागि उनले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए । झापामा भने बालेन पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।

