प्रहरी जवान हरि जिसी मृत फेला



दाङ,११ माघ । जिल्ला प्रहरी कार्यालय (जिप्रका) दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत फेला परेका छन्। घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिप्रकामा चालकको रूपमा कार्यरत थिए।

८ गते बिहान ड्यूटी सकेर स्कुटी लिएर घरबाट निस्केका जिसी त्यसपछि तीन दिनसम्म सम्पर्कविहीन थिए। प्रहरीले खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८, घरडौरा क्षेत्रको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको हो।

पारिवारिक स्रोतका अनुसार उनका बुबा बिरामी भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचाररत छन्। यसै कारणले जिसीले कार्यालयमा बिदा मागेका थिए तर बिदा नपाएको परिवारको दाबी छ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम भइसकेको जानकारी दिँदै मोबाइलको लक खुल्नासाथ आत्महत्याको कारणबारे थप अनुसन्धानबाट स्पष्ट हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्