एमाले सोलुखुम्बुले मंगलबारका लागि बोलायो बिस्तारित बैठक
सोलुखुम्बु,५ माघ । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले बिस्तारित बैठक बोलाएको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्बारी दर्ता गर्ने दिन पारेर माघ ६ गते (मंगलबार) पार्टी कार्यालय आवा डाँडामा दिउँसो १२ बजे बस्ने गरी बैठक बोलाईएको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

उम्मेदवारी दर्ता सम्पन्न गरेपछि बस्ने बैठकले निर्बाचनको तयारी र प्रचारप्रसारमा अपनाउने रणनीतिका बिषयमा छलफल हुने उनले बताए । बैठकमा जिल्लाबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्य,कोशी प्रदेश कमिटीका सचिवालयका र सदस्य,केन्द्र,प्रदेश कमिटीका बिभागीय र सल्लाहकार परिषदका सदस्य,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य,जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्य जिल्ला लेखापरीक्षण कमिटीका पदाधिकारी तथा सदस्य, पालिका कमिटीका पदाधिकारी,सोलुखुम्बु जिल्लाबाट जन सङठनको केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य,जनसंगठनका जिल्ला कमिटी / समितिका पदाधिकारी,निर्वाचित पालिका अध्यक्ष / उपाध्यक्ष ,वडाअध्यक्ष र जेष्ठ कम्युनिस्ट मन्च प्रदेश कमिटीका सदस्य तथा जिल्ला समितिका पदाधिकारी सहभागी हुने जानकारी उनले दिए ।
नेकपा एमालेले यस पटक जिल्ला कमिटी सचिब कल्पना राईलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।

