नारायणकाजीले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा,प्रतिनिधिसभा सदस्यमा निर्बाचन लड्ने



काठमाडौं, ४ माघ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् ।प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्नका उनले उनले सो पदबाट राजीनामा दिएका हुन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय छ । त्यसको दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्