पञ्चनका २ सय २० नागरिकलाई जाडो याममा न्यानो कपडा उपहार



सोलुखुम्बु,२८ मंसिर । दिनहुुँ चिसो बढ्दै गइरहेका बेला जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुले न्यानो कपडा उपहारका रूपमा प्राप्त गरेका छन् ।

चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा शनिबार आयोजित एक कार्यक्रममा उपहारका रूपमा न्यानो कपडा बितरण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यता तथा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षतामा वडा कार्यालयमा सम्पन्न कार्यक्रममा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको उनले बताए।शनिबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा प्राप्त गरेपछि लक्षित समुहका नागरिक हर्षित हुँदै दातालाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्