खुम्बु पासाङल्हामु : खेलाडीहरुलाइ वडाध्यक्ष शेर्पाको १ लाख सहयोग

सोलुखुम्बु, ३० भाद्र । खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं १ का वडाध्यक्ष ङिमादोर्जी शेर्पाले खेलाडीहरुलाइ १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
गाउँपालिकाका प्रथम अध्यक्ष स्वर्गीय अध्यक्ष ङिमादोर्जी शेर्पाको स्मृतिमा आयोजना हुने प्रथम ङिमादोर्जी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई वडाध्यक्ष शेर्पाले ब्यक्तिगत रुपमा सो सहयोग गरेको बताइएको छ।
सोही वडामा रहेका कोङ्दे युवा क्लब (बुप्सा), नौलेख युवा क्लब (पैया) र खरिखोला समुह(खरिखोला) का खेलाडीहरुको आवतजावत खर्चका लागि वडाध्यक्ष शेर्पाले सो सहयोग गरेको कोङ्दे युवा क्लबका अध्यक्ष आङ छोम्बी शेर्पाले रहस्य खबरलाई बताए ।


