गजल



*चित्रमान तामाङ
बालुवा पग्ल्यो भने बुझ्नु पानी बन्दैन,
घाटमा उड्ने धुवाँ फेरि जिन्दगानी बन्दैन ।
इन्द्र भेटेर आउंछु भन्ला गफ चुट्नेहरु,
किनकि स्वर्ग भ्रमण गर्ने राहदानी बन्दैन।
पालो मिलाइ आउंछ-जान्छ दिन र रातले,
मिरमिरे क्षितिज नटेकी बिहानी बन्दैन ।
नदीको धुन ननिस्कने बन्ला बगर नै खल्लो,
हेला नगर बगर बिना सुन खानी बन्दैन ।
सुख खोजेर भौतारिन्छ त्यो सन्तोष नखोजी,
पुग्ने सपना देखे जिन्दगी हैरानी बन्दैन ।

संखुवासभा,हाल- काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्