आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारीमा मन्त्री कुलमान घिसिङ
काठमाडौं,१७ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नयाँ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन् । लामो राजनीतिक र रणनीतिक छलफलपछि उनी आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने अन्तिम तयारीमा पुगेको मन्त्री घिसिङ निकट स्रोतले जानएको छ ।

श्रोतका अनुसार घिसिङ पार्टीको नाम के राख्ने भन्ने बिषयमा अहिले छलफलमा छन् ।यद्यपि ‘उज्यालो नेपाल’ वा ‘नेपाल विकास दल’ मध्ये एक पार्टीको नाम रहने सम्भावना बढी छ।उनी ‘बिजुलीको चिम’ चुनाव चिह्नप्रति सकारात्मक देखिएका भए पनि अन्तिम टुंगो बाँकी रहेको स्रोतको दावी छ ।
पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तयारी भइरहेको छ ।
पार्टी दर्ता भएपछि घिसिङलाई अध्यक्ष बनाइने र अन्य सबैलाई तत्कालका लागि केन्द्रीय सदस्यका रूपमा समावेश गरिने योजना रहेको पनि बताइएको छ ।

