कांग्रेस संस्थापन पक्षीय नेताहरुको भेला बानेश्वरमा सुरु
काठमाडौं,१७ कार्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला सुरु भएको छ । बिशेष महाधिवेशन पक्षधर नेताहरुले दबाब बढाउँदै लगेपछि सोमबार मध्याह्न काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा संस्थापन पक्षधर नेताहरु भेला सुरु भएको हो।

भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।
संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने बताउंदै आएका छन् । आजको भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने एक नेताले बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनको भनाइ छ ।
उता,संस्थापन इतर पक्षले भने भोलिका लागि भेला बोलाएको छ।

