महाधिवेशन गरेर निर्बाचनमा नहोमिए कांग्रेसले ठुलो क्षति ब्यहोर्ने खतरा छ : केन्द्रीय सदस्य शेर्पा
काठमाडौं, १६ कार्तिक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले विशेष अधिबेशनको मागलाई पनि नियमित महाधिवेशनले समेटने गरी अगाडि बढाउनु उपयुुक्त हुने धारणा व्यक्त गरेका छन्।

महाधिवेशनको कार्यतालिकाको बिषयमा उत्पन्न विवाद कारण केन्द्रीय समिति बैठक नै अवरुद्ध भइरहेका बेला एक एफएम रेडियोलाई अन्तर्वार्ता दिने क्रममा केन्द्रीय सदस्य शेर्पाले सो धारणा व्यक्त गरेका हुन। उनले आगामी निर्वाचन अघि पार्टीको महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने पनि बताए ।
पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि र परिवर्तनको चाहनालाई सम्बोधन गर्न कांग्रेसले नयाँ नेतृत्व चयन गरेर जनतामाझ जानुपर्ने उनको भनाई छ। उनले भने -‘महाधिवेशन नै बिचार र बहस निर्माण गर्ने थलो भएकोले तत्काललै महाधिवेशन गरेर निर्बाचनमा नहोमिए
पार्टीले ठुलो क्षति ब्यहोर्ने खतरा छ।
पार्टीको संगठन सुदृढीकरण,युवाको सहभागिता र स्थानीयस्तरमा नेतृत्वको पुनर्संरचना कांग्रेसको प्राथमिकता हुनुपर्ने बताउँदै शेर्पाले
लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने पार्टी भएकाले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गरेर एकताका साथ निर्बाचनमा जानुपर्ने बताए।

